काठमाडौँ। नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप ८६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भनेको भएको छैन । यस्तै २ लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया