• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कमलदहमा डुबेर ४५ वर्षीय गोपाल विकको ज्यान गयो

    503
    SHARES


    रुकुम। रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदहमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षीय गोपाल विकको ज्यान गएको हो ।

    आज शनिबार दिउँसो दहमा पौडी खेल्न गएका विकको कमलकाे फूल टिप्ने बेला डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी एका छन् । विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो ।

    विकलाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको डीएसपी डाँगीले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ