काठमाण्डाै। प्रधान सेनापति प्रभुराम शर्मा आजदेखि अष्ट्रेलिया भ्रमणमा जाँदै हुछन् । पर्सि ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको डिफेन्स फोर्सको संयोजनमा यूएस इन्डो प्यासिफिक कमाण्डले गर्ने एसिया प्रशान्त क्षेत्रका सेनापतिहरुको सम्मेलनमा भाग लिन सेनापति शर्मा आज बेलुका अष्ट्रेलिया प्रस्थान गर्न लागेका छन् ।
यो सम्मेलनमा नेपाली सेनाले विक्रम सम्बत् २०५६ सालदेखि सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी सुरक्षाका विविध विषयमा छलफल हुनेछ । यस्तै, सहभागी विभिन्न देशका सेनापति बीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका विषयमा छलफल, अन्तरक्रिया र विचार आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ ।
यस्ता छलफल र अन्तरक्रियाबाट सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सम्बन्ध र सद्भावमा थप विस्तार भएर सैनिक कुटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने सेनाले दाबी गरेको छ । प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने भएकाछन् ।
प्रतिक्रिया