• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति समाचार

    गृहमन्त्री बादलको आडमा वाइसीएलको यस्तो दादागिरी, प्रहरी मूकदर्शक, स्थानीय आक्रोशित

    10.9K
    SHARES

    चितवन, २२ चैत ।

    चितवनमा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) ले अराजकता देखाएको छ । वाइसीएलले भारतबाट ल्याइँदै गरेको आठ टन कुखुराको मासु बरामद गरेको घटनाले प्रहरी प्रशासन नै कमजोर देखिएको छ ।

    गगन सप्लायर्सको नाममा क्वारेन्टाइन बनाई भैरहवाबाट काठमाडौं लैजादै गरेको मासु बोक्ने ट्रक वा सप्लायर्स दोषी छ वा छैन अनुसनधानले देखाउनेछ ।

    तर, भारतबाट कुखुराको मासु आयत गर्न पाइन्छ वा पाइँदैन ? पाइँदैन भने भन्सारमा क्वारेन्टाइन किन बनाइयो ? यस्ता थुप्रै प्रश्न उब्जिएको छ । भन्सारको कर्मचारीलाई कारबाहीको माग गर्नुभन्दा वाइसीएलले गुण्डागर्दी शैली देखाएकोमा धेरैका मनमा चिसो पसेको छ ।

    वाइसीएलको यो अवैध कार्यमा नेपाल पोल्ट्री महासंघले पनि साथ दिएको छ । महासंघका उपाध्यक्ष टीका पोख्रेलले पशु क्वारेन्टाइनबाट परीक्षण हुनु पर्नेमा कृषि क्वारेन्टाइन कार्यालयबाट परीक्षण गरी अवैध रुपमा मासु भित्र्याइएको दाबी गरेका छन् ।

    प्लान्ट क्वारेन्टाइन बेलहियाको चलानी नम्बर १५८८६ को पत्रअनुसार क्वारेन्टाइनले जाँचपास गराएर गगन सप्लायर्सले कुखुरा भित्र्याएको थियो । यसलाई अब कसरी अवैध भन्ने ? एक व्यवसायी प्रश्न गर्छन् ।

    गृहमन्त्री रामबहादुर थापाको आडमा वाइसिएलले गुण्डागर्दी देखाउन थालेको आरोप चितवनका स्थानीयले लगाउन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ