• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप अमेरिकालाई

    768
    SHARES


    काठमाडौँ। अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको छ ।

    अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ । एकपक्षीय अमेरिकी प्रतिबन्धले सिरियाली जनताको जीवनलाई जोखिममा पारेको र त्यो सिरियाको वर्तमान र भविष्यका लागि हानिकारक भएको बताएको छ ।

    सन् २०१४ मा इस्लामिक स्टेट (आईएस)सँग लड्ने बहानामा अमेरिकी सेना सिरियामा प्रवेश गरेको थियो । सिरियाली सरकारले आफ्नो भूमिबाट अमेरिकी सेना फिर्ता गर्न बारम्बार आह्वान गर्दै आएको छ ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ