काठमाडौँ। अमेरिकाकी सिड्नी म्याकलाफलिनले महिलाको ४०० मिटर हर्डल्समा विश्व कीर्तिमान कायम गरेकी छन् ।
अमेरिकामा जारी विश्व च्याम्पियनसीप अन्तर्गत २२ वर्षीया म्याकलाफलिनले आफ्नै पुरानो कीर्तिमान तोडेकी हुन् ।
उनले निर्धारित दूरी ५०.६८ सेकेन्डमा पुरा गर्दै विश्व कीर्तिमान कायम गरेकी हुन् । उनले यसअघि जुनमा ५१.४१ सेकेन्डको कीर्तिमान रचेकी थिइन् ।
टोकियो ओलम्पिकमा कास्य जितेकी नेदरल्यान्ड्सकी फेम्के बोलले ५२.२७ सेकेन्डमा रजत तथा अमेरिकाकै डालिलाह मुहम्मदले कास्य हात पारिन् ।
प्रतिक्रिया