• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बैंकको कर्मचारी हुँ भनि वृद्धभत्ता लिएर फरार भएका एक युवक पक्राउ

    1.7K
    SHARES


    जनकपुरधाम। बैंकको कर्मचारी हुँ भन्दै एक वृद्धा महिलाको रकम लिएर फरार भएका एक युवकलाई धनुषाबाट प्रहरीले पक्राउ गरेको छ ।

    बिहीबार दिउँसो करिब डेढ बजेको समयमा विदेह नगरपालिका १ की ७३ वर्षीया कुम्हिया देवी भिनवारको वृद्ध भत्ता रकम लिएर फरार भएका कमला नगरपालिका-२ माचीका २३ वर्षीय सन्तोषकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

    कुम्हिया देवी सो नगरपालिकाको वडा नं. ३ स्थित एनआइसी एसिया बैंकबाट वृद्ध भत्ता निकाल्ने बेलामा बैंककाे कर्मचारी हुँ भन्दै युवक ठाकुरले २४ हजार रुपैयाँ लिएर फरार भएका थिए ।

    प्रहरीले ती वृद्धा महिलाले बताएको हुलियाको आधारमा खोजतलास गर्दा राति ११ बजे २० हजार नगदसहित कमला नगरपालिका २ माची स्थित रहेको राजवंशी कोल्ड स्टोर नजिकबाट युवकलाई पक्राउ गरेको थियो ।

    वृद्ध भत्ता निकाल्न गएको बेला कुम्हिया देवीलाई ठाकुरले ‘म बैंकको कर्मचारी हो तपाईको चेक बुक ल्याउनु म रूपैयाँ निकाल दिन्छु’ भनि यादवसँग चेक बुक लिई बैंकबाट २४ हजार रुपैयाँ लिएर फरार भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया