• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    प्रधानसेनापति प्रभुराम शर्मा शनिबार अष्ट्रेलिया जाँदै

    515
    SHARES


    काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जाँदै छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने रक्षा प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी हुन शर्मा अष्ट्रेलिया भ्रमणमा जान लागेका हुन् ।

    प्रधानसेनापति शनिवार अष्ट्रेलिया प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । युएस इन्डोपेशिफिक कमाण्डले आयोजना गरेको ‘​Annual Chiefs of Defense (CHOD) Conference-2022’ साउन ९ देखी ११ गतेसम्म संचालन हुने भएको छ ।

    असार ३१ मा मन्त्रिपरिषद्ले प्रधानसनापतिको भ्रमण स्विकृत गरेको थियो । सो सम्मेलनमा नेपाली सेना २०५६ देखि सहभागी हुँदै आएको छ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुले वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा र सहयोगका बारेमा छलफल गर्नेछन् ।

    प्रधान सेनापति शर्मालाई शुक्रबार जंगी अड्डामा सेनाको टुकडीले सम्मान सहित बिदाई गरेको छ । उनको अनुपस्थितीतमा रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार पनि समाल्नेछन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ