• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    ठगी गरेको आरोपमा ५ जना पक्राउ

    876
    SHARES


    वीरगञ्ज । ठगीमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

    वीरगञ्ज-९ रानीघाट बस्ने फ्रेस फोटो स्टुडियोको सञ्चालक २६ वर्षीय सदाम हुसेन, वडा नं. २४ बस्ने गणेश मोबाइल सञ्चालक २२ वर्षीय सञ्जित गुप्ता, वडा नं. ९ रानीघाट बस्ने चन्दन मोबाइल सेन्टरका सञ्चालक २४ वर्षीय कुन्दन यादव, वडा नं. ०९ बस्ने गढीमाई स्टुडियोका सञ्चालक ३० वर्षीय प्रदीप साह र वडा नं. १० रानीघाट बस्ने फ्रेस फोटो स्टुडियोमा काम गर्ने ३८ वर्षीय फैयाज आलम पक्राउ परेका छन्।

    साउन ५ गते ३ बजे वीरगञ्ज-९ स्थित जिल्ला प्रशासन कार्यालय वीरगञ्ज, पर्साको गेट अगाडिबाट उनीहरुलाई पक्राउ गरेको थियो । फ्रेस फोटो स्टुडियोको सञ्चालक सदाम हुसेनले धोवनी गाउँपालिका बस्ने वर्ष २१ को सागिर आलमसँग राहदानी फारम भर्नको लागि फारम चार्ज २ सय र राहदानी १४ दिन भित्र मगाई दिन्छु भनी २ हजार ५ सय रुपैयाँ लिएको उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा परेको थियो ।

    स्टुडियोमा गई त्यस सम्बन्धमा सोधपुछ गर्दा राहदानी मगाउनको लागि थप २ हजार ५०० माग गरेको दावी सागिर आलमले गरेका थिए ।

    वडा प्रहरी कार्यालय विर्ताबाट टोली पठाउँदा पैसा ठगी गरेको भनी खुल्न आएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ