• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विजनेश समाचार

    सेयर बजारमा २७ अंकको गिरावट

    1.1K
    SHARES


    काठमाडौँ। शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आएको छ । सोही दिन सेयर बजारमा २७ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.२६ अंकले घट्दै २ हजार १७.४६ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक ५ अंकले घट्दै २ हजार ४४.७२ अंकमा अडिएको थियो ।

    यस दिन १३ वटै उपसूचक ऋणात्मक भएर सेयर बजार नै राताम्मे हुनपुगेको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक २.४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूहको उपसूचक ०.४ प्रतिशतले मात्र घटेको छ ।

    २७ अंकमाथि घटेको बजारमा आज १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया