• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    हाल उठेको विषय नागरिकताको भन्दापनि मानसिकताको सवालहो, नेपालीले नागरिकता पाउनु पर्छ : हृदयेश त्रिपाठी

    295
    SHARES


    काठमाडौँ। सांसद हृदयेश त्रिपाठीले भारत र चीनको मतलब नगरी देशभित्र रहेकाले नागरिकता पाउनुपर्ने बताएका छन् । उनले हाल उठेको विषय नागरिकताको भन्दापनि मानसिकताको सवाल रहेको बताए । उनले भने–‘हाम्रो माग भनेको देशवासीले नागरिकता पाउनुपर्छ । त्यसमा तर, वा केही छैन ।

    जो बसोबासी छन्, जो हाम्रा हुन तिनीहरुले नागरिकता पाउनुपर्छ । राज्य व्यवस्था समितिमा तत्कालीन नेकपाले निर्देशन दिएपछि बहुमतले पास भएको थियो । त्यहाँ नोट अफ डिसेन्टहरु लेखिएका छन् ।’ संसद विघटन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश अहिलेको सरकारले विधेयकको रुपमा ल्याएको बताए ।

    उनले जन्मका आधारमा नागरिकता पाइसकेका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्नेमा जोड दिए । उनले भने-‘जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तान लाहुरे भएर हिँडिरहने ? लावारिस भएर हिँडिराख्ने ? उनीहरुले नागरिकता माग गर्दा देशको स्वाधिनता नै समाप्त भएर गइहाल्छ ? भन्न खोजेको आखिरमा के हो यो ? यहाँनिर के छ भने मानसिकताको समस्या छ ।’

    संविधानमा व्यवस्था भएपनि सरकारले आमाको नामबाट नागरिकता दिने विधेयक ल्याउन नसक्ने बताए । उनले भने–‘कोही माइकालाल छैन, कोही सरकार छैन जसले आमाको नामबाट नागरिकता दिने विधेयक ल्याउने आँट गर्न सकोस् ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ