काठमाडौँ। प्रदेश १ को नामाकरणका लागि सहमति जुटाउन बसेका दलहरूको बैठक विना निष्कर्ष सकिएको छ । सभामुख प्रदीपकुमार भण्डारीका अनुसार अर्को बैठकमा छलफल गर्ने सहमति गर्दै शुक्रबारको बैठक सकिएको हो ।
एमाले नेता जीवन घिमिरेले पनि अर्को बैठकमा छलफल गर्नेगरी बैठक सकिएको जानकारी दिएका हुन् । बैठकमा नेपाली काँग्रेसले ८ गते बस्ने प्रदेशसभामै प्रक्रियामा जान प्रस्ताव गरेको थियो । काँग्रेस संसदीय दलका नेता राजिव कोईरालाले आफ्नो दलले प्रक्रियामा जान जोड दिएको बताए । उनले साझा पहिचानमा जान जोड गरेको र नभए सहमतिमा जान आग्रह गरेको पनि बताए ।
प्रतिक्रिया