• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    महिला फुटबल टाेलीकाे प्रशिक्षकमा कुमार थापा नियुक्त

    774
    SHARES


    काठमाण्डाै। कुमार थापा राष्ट्रिय महिला टाेलीकाे प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) काठमाण्डाैमै आयोजना हुन लागेको महिला साफ च्याम्पियनशिप फुटबलका लागि आज शुक्रवार थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

    काठमाण्डाैमा भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनशिप हुँदैछ । आज जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । महिला फुटबल सङ्घकी पूर्वअध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापक जिम्मेवारी दिइएको एन्फाले निकालेकाे सूचनामा जनाइएको छ ।

    साफ च्याम्पियनपशिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरूलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ ।

    यस्तै स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रूपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सञ्जिव सिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार पनि  दिइएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ