• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या कम गर्न मन्त्रिपरिषद्‍मा प्रस्तावलिने तयरि

    824
    SHARES


    काठमाडौँ। सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएकाछन् ।

    स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया अघि बढाइएको बताएका हुन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै संचालन गर्ने व्यवस्था गरेको बताए ।

    त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको उनको भनाइ छ । त्यस सम्बन्धमा बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले सोही अनुसार गर्न लागिएको उनको भनाइ छ।

    उनले भने, ‘यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने अर्थमन्त्रीज्यूबाट बजेट भाषणमा आयो । त्यो चाँही संसदबाट पनि पारित भईसकेको छ । बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयमा सोधेर पठाएको छ । अर्कोतिर चारैतीरबाट प्राईभेटलाई सहभागिता नगराउँदाखेरी यो बीमा कार्यक्रम प्रभावकारी हुँदैन भन्ने सुझाव पनि सबैतिरबाट आएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया