• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Highlights विशेष समाचार

    ‘छलफल होइन केवल छल भैरहेको छ, नागरिकताजस्तो विषय छल्न मिल्दैन’ : भीम रावल

    1.5K
    SHARES


    काठमाण्डाै । नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञादिएका छन् । आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै उहाँले यस्ताे बताएका हुन् ।

    नागरिकता विधेयकलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरङ्कुशता भएको सांसद रावलले टिप्पणी गरे ।उनले भने, ‘छलफल होइन केवल छल हो । नागरिकताजस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ ।

    देशको दीर्घकालीन अस्तित्वसँग गाँसिएको नागरिकताजस्तो गम्भीर विषयलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास हो । निरङ्कुशता हो । राष्ट्रियताप्रतिको खेलबाड हो । संसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न ।’

    सांसद रावलले नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि बसोवास गर्नुपर्ने भनी प्रमुख राजनीतिक दलका नेताहरूले गरेको सहमति विपरीत विधेयक अगाडि बढाइएको बताउनुभयो । उनले राज्य व्यवस्था समितिले निर्णय गरी पेस गरेको सात वर्षको प्रावधानलाई हटाउनु राष्ट्रप्रतिको बेइमानी भएको पनि बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया