• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    ६ वटा मोटरसाइकल चोरेर बेच्दैगर्दा प्रहरी पुगे पछि…..

    678
    SHARES


    काठमाडौँ। जिल्ला प्रहरी कार्यालय दाङले चोरी गरी बेच्नका लागि ठिक पारिएका ६ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. ९ सखी घरभई घोराही उपमहानगरपालिका वडा नं. १४ बसोबास गर्दै आइरहेका ३० वर्षिय भानु बुढा, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लिकोट घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं. ११ बस्दै आइरका मदन पुन र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासका १८ वर्षिय बादल नेपाली रहेका छन् ।

    उनीहरु लु ३७ प ८३४३ नम्वरको १२५, रा ६प ४१५४ नम्वरको १५० , रा २ प ९३४४ नम्वरको २२०, रा ६व ४३०९ नम्वरको २०० रा ६प ३३८८ नम्वरको १५० सिसिको पल्सर र लु ६० प ३४९१ यामाह मोटरसाइकल बेच्ने तरखरमा थिए । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजानिक गरेको हो ।

    पक्राउ परेका तीन जनाले विगत पाँचवर्षदेखि दाङमा मोटरसाइकल चोरी गर्दै आइरहेका खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले उनीहरुले पाँचवर्षदेखि निरन्तर मोटरसाइकल चोरी गर्दै आएको खुलेको बताए ।

    बजारमा चोरी गरेलगत्तै ती मोटरसाइकल उनीहरुले पहाडी गाउँमा वा बनमा लगेर लुकाउने गरेको पाइएको छ । पछिल्लो समय बरामद भएको मोटरसाइकल मकैवारी, वन र झाडीमा लुकाएर ग्राहक खोज्ने र बेच्ने काम गर्दै आएको पाएको उनले बताए । यसरी मोटरसाइकल बेच्ने कार्य गर्न खोज्दाखोज्दै प्रहरी विशेष सूचनाका आधारमा अभियुक्तसम्म पुग्न सफल भएको हो ।

    अभियुक्तहरुले दाङमा बेच्न परे मोटरसाइकल ग्यारेजमा अर्थात वर्कशपहरुमा केही बिक्रिवितरण गरेको पाइएको छ । तर अधिकांश दाङमा चोरी भएका मोटरसाईकल जिल्ला बाहिर पुग्ने गरेका छन् । बुटवल, नेपालगन्जदेखि रोल्पा, रुकुम लगायतका छिमेकी जिल्लाहरुमा पुग्ने गरेको छ ।

    उनीहरुले १० हजार भन्दा बढी रकमका सो मोटरसाइकल बेच्दै आइरहेको खुलेको छ । एसपी काफ्लेले भने,‘ यता चोरी गरी उता लैजाने, उता चोरी गरी यता ल्याउने काम गिरोह गर्दै आइरहेको खुलेको छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया