• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    फेसबूके प्रेमि बाट युवती बलात्कृत्

    1K
    SHARES


    काठमाडौँ। फेसबुकबाट भएको चिनजान बलात्कारसम्म पुगेपछि एक युवा प्रहरी हिरासतमा पुगेका छन् । युवतीलाई फेसबुकमार्फत चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट घर भइ राजधानीमा व्यवसाय गर्दै आएका मधुसुदन पाण्डेलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार फेसबुकबाट बाक्लो कुराकानी हुन थालेपछि मधुसूदनले इटहरीकी युवतीलाई भेट्न बोलाए । सहमतिअनुसार एक्लै युवती चितवन आइन् । यस्तै अरु तीन जना साथीसहित काठमाडौंबाट चितवन पुगेका मधुसूदनले युवतीलाई घुम्ने बहानामा असार २२ गते त्यहीँबाट पोखरा लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    पोखरा लगेपछि चारै जना पोखरास्थित सहारा होटलमा बास बसे । सो क्रममा मधुसुदन र अर्का एक जनाले उनलाई बलात्कार गरेको युवतीको आरोप छ । घटनापछि युवतीले काठमाडौं आएर प्रहरी वृत्त मालीगाउँमा आफू बलात्कृत भएको उजुरी दिएकी थिइन् । उजुरी लगत्तै प्रहरीले पाण्डेलाई राजधानीको बालाजुबाट असार २५ गते पक्राउ गरेको हो ।

    पक्राउपछि उनलाई कारबाही प्रक्रियाका लागि पोखरा लगेर अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले अभियुक्तमाथि बलात्कार मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको बताएका हुन् । यस्तै बलात्कारमा संलग्न भनिएका अर्का एक जनासहित पाण्डेसँग गएका ४ जना फरार रहेका छन् भने उनीहरुको खोजीकार्य जारी रहेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया