• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा विजनेश समाचार

    राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

    2K
    SHARES



    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

    त्यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ । बैठकले मौद्रिक नीति पारित गर्ने छ । सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिने छ ।

    मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए ।

    त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए । यस वर्ष राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत यसअघि नै गरिसकेको छ ।

    गभर्नर अधिकारीले अर्थतन्त्रको दबावलाई निकास दिने गरी मौद्रिक नीति आउने बताएका छन् । उनले विभिन्न बैठक तथा सार्वजनिक कार्यक्रमहरुमा विगतको भन्दा कसिलो नीतिका लागि तयार रहन पनि भन्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ