काठमाण्डाै। हिजो आज र अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविधरुले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पानी पर्ने प्रणाली फेरि दक्षिणतर्फ अर्थात मध्य भारततर्फ सर्न थालेकाले नेपालमा केही दिनलाई लगातार झरी र ठूलो वर्षाको सम्भावना नरहेको उनले अताए ।
मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेकाले हिजो र अस्ति देशका धेरै ठाउँमा वर्षा भएको थियो भने केही ठाउँमा ठूलो पानी समेत परेको थियो । तर, अहिले मनसुनको न्यून चापीय रेखा फेरि दक्षिणतर्फ सर्ने क्रममा रहेको मौसमविद् प्रधानाङ्गले बताए ।
केही दिनअघि मनसुनको न्यून चापीय रेखा दक्षिणमा हुँदा नेपालभर गर्मी बढेको थियो । पानी पर्न नसक्दा प्राय सबै ठाउँको अधिकतम तापक्रम बढेको थियो । अहिलेलाई यस्तै अवस्था हुने सम्भावना भने नरहेको तर पनि नपर्दा गर्मी भने केही बढ्ने मौसमविद्ले जनाएका छन् ।
प्रतिक्रिया