• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जना प्रहरीको नियन्त्रणमा

    754
    SHARES


    काठमाडौँ। सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले नमोबुद्ध नगरपालिका-५ स्थायी घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङले पक्राउ परेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा तेश्रो लिङ्गीका तस्बिर आफ्नो फेक एकाउन्ट बनाई प्रोफाईल तथा कभरमा राखेर पीडितका साथीहरुसँग कुराकानी गरी पैसा समेत माग गरेको प्रहरीले जनाएको छ ।

    यस्तै उनले राइडर एप्लिकेसन इनड्राइभरको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको पाइएपछि पक्राउ गरिएको ब्यूरोले जनाएको छ । लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई बिहीबार जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया