• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    बबरमहलस्थित सीडीओ कार्यालय अगाडि आब सहजै पार्किङ गर्न सकिने

    703
    SHARES


    काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको अघिल्तिर मोटरसाइकल पार्किङ गर्दा महानगरपालिकाले ट्रकमा उठाएर लैजाँदा सेवाग्राहीले झन्झट व्यहोर्ने गरेका थिए । तर, अब सो झन्झट नहुनेगरी पार्किङ व्यवस्थापन गरिएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीले अब सोही कार्यालयमा पार्किङ गर्न पाउने भएका छन् । सीडीओ कार्यालयमा कार्यरत सरकारी कर्मचारी र बाहिरबाट आउने सरकारी सवारी साधन सँगै रहेको जल तथा मौसम विज्ञान विभागमा पार्किङ गर्ने निर्णय गरिएको जनाइएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमाण्ड समालेपछि डीआईजी चौधरीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र मौसम विज्ञान विभागका प्रमुखसँग समन्वय गरेर सो समस्या समाधान गरेकी हुन् ।

    यसअघि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले सवारी पार्किङ गर्न नपाउँदा सडकमै राख्ने गरेका थिए । सिंहदरबार तर्फबाट बबरमहलतर्फ निस्कने साँघुरो सडकमा पार्किङ निषेध गरिएको हुनाले महानगरले सवारी साधन उठाएर लैजाने गरेको थियो ।

    जल तथा मौसम विज्ञान विभागले आफ्नो पार्किङ एरियामा सरकारी नम्बर प्लेटका सवारी साधनलाई पार्किङ सुविधा दिन सहमत भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले मौसम विज्ञान विभागमा र सीडीओ कार्यालयमा आउने सेवाग्राहीले सो कार्यालय भित्रको पार्किङ स्पेशमा पार्किङ गर्न पाउने निर्णय गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया