काठमाडौँ। नेकपा एकीकृत समाजवादीको स्थानीय तहमा एक सिट बढेको छ । स्वतन्त्रबाट उम्मेदवार उठेर मेयर जितेका कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
उनलाई बिहीबार काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । उनले नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा चुनाव जितेका थिए । कुरा गर्दै मेयर शाहीले भने,‘म पहिला देखिनै एसमै हो। म अहिले पनि कार्यक्रममै छु । अध्यक्ष ज्युले स्वागत गर्नुभएको हो । ’ उनी एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।
पार्टीकै नेताहरुको अगुवाईमा स्वतन्त्र उम्मेदवारी दिएका उनले २९१९ मत ल्याएर निर्वाचित भएका थिए । उनले एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरेका थिए ।
प्रतिक्रिया