• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    यो सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? : ज्ञवाली

    411
    SHARES


    काठमाण्डाे। नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताए । आज बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्‍याउन नसक्नु लज्जास्पद भएको बताए । सरकारको गैरजिम्मेवारपनले नागरिकलाई आहत तुल्याएको भन्दै उनले  नागरिककाे समस्या समाधान गर्ने गरेर बढ्दो महँगीको राहतका प्याकेज उपलब्ध गराउने हिसाबबाट रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरेका हुन् ।

    उनले गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? भन्दै प्रश्न गरे ।उनले भने, ‘बढ्दो महँगीबारे सरकार बेखबर देखिएको छ । जनताको यो पीडाले हामी सबैलाई छुनुपर्छ कि पर्दैन ? यो साझा विषय होला ? मध्यम वर्गलाई समेत आच्छुआच्छु परिरहेको छ भने १७ प्रतिशतभन्दा बढी निरपेक्ष गरिबीको रेखामुनि रहेकालाई के भएको होला ? यस्तो विषयमा पनि विभाजित हुनुपर्ने आवश्यक हो र ? सत्तापक्षका कतिपय नेताहरूको संवेदनहीनताले आहत तुल्याएको छ । शैक्षिक सत्र सुरु भएको यत्तिको समयसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक दिन नसक्ने भन्दा लज्जास्पद कुरा के हुनसक्छ ? अहिले पनि किसानलाई मल दिन नसक्ने भन्दा गैरजिम्मेवार के हुन्छ । यो सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? हतियार किन्न पैसा पुग्छ तर मल किन्न पैसा पुग्दैन ? सभामुख महोदय । सरकार गैरजिम्मेवार बनिरहेको छ । जनताको समस्या समाधान र राहत प्याकेजका बारेमा तत्काल रुलिङ होस् भन्ने आग्रह गर्दछु ।’

    सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै नागरिकका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाए ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ