• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    वडाध्यक्षहरुले मन्दिरमै गएर खाए कसम आखिर के रहेछ कारण ?

    446
    SHARES


    काठमाडौँ। सिरहा नगरपालिकामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र काँग्रेसबाट जितेका वडाअध्यक्षहरूले पाँच वर्षसम्म गठबन्धन नतोड्ने भनेर सप्तरीको कंकालिनी मन्दिरमा गएर शपथ खाएका छन् ।

    सप्तरीको प्रसिद्ध धार्मिकस्थल कंकालिनी मन्दिर प्राङ्गणमा सिरहा नगरपालिका–१७ का वडाध्यक्ष उमेशप्रसाद यादवको अध्यक्षतामा गठबन्धन दलको बैठक बसेको थियो । सिरहा नगरपालिकामा जम्मा २२ वटा वडामध्ये १५ वटामा गठबन्धन दलहरुले अध्यक्ष पद जितेका छन् । नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ७, ९, ११, १५, १७, १८, १९, २०, २१, २२ को वडाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका छन् ।

    नगरपालिकाको मेयरमा एमालेबाट डा.नविनकुमार यादव र उपमेयरमा एमालेकै बबिता कुमारी साह निर्वाचित भएका छन् । वडाहरूमा सत्ता गठबन्धनकै बहुमत छ । मेयर यादवले नगरपालिका आफ्नो तरिकाले चलाउन खोजेपछि सत्ता गठबन्धनका वडाअध्यक्षहरू एकीकृत भएका हुन् ।

    वडा नम्बर २२ का वडा अध्यक्ष जिवछ यादवले भने, ‘मेयरजी हामीलाई पेलेर जान खोज्नुभएको छ, जथाभावी अनियमित तरिकाले काम गर्न खोजेपछि हामी गठबन्धनमा रहेका दलहरु एकीकृत भएका हौं ।’ अब पाँच वर्षसम्म आफूहरुको एउटै आवाज, एउटै निर्णय रहने प्रतिवद्धता जनाउँदै उनले नगरपालिकाको विकासका लागि यसरी गठबन्धन दल एकजुट भएको बताए ।

    एक अर्कामाथि विश्वासको वातावरण बनाउन मन्दिरमै गएर कसम खाएको उनको भनाइ थियो । उनले भने, ‘हामीबीच गठबन्धन छँदै थियो, मन्दिरमै गएर कसम खाई प्रतिवद्ध भएपछि अझ विश्वास बढेको छ ।’

    मन्दिरकै प्राङ्गणमा वडाअध्यक्षहरूले केही निर्णय पनि गरेका छन् । ‘नगर कार्यपालिका र नगरसभामा प्रस्तुत हुन गठबन्धनलाई मजबुत पारी आगामी पाँच वर्षसम्म गठबन्धनलाई निरन्तरताका लागि कंकालिनीको प्राङ्गणमा शपथ लिई गठबन्धनलाई मजबुत पार्दै लैजाने निर्णय गिरियो,’ निर्णय पुस्तिकामा उल्लेख छ ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया