काठमाडौँ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो मात्रामा अवैध पटका बरामद गरेको छ ।
बिहीबार पटकासँगै भन्सार छली ल्याइएका तीन हजार बन्डल विदशी चुरोट पनि बरामद भएको प्रहरी प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी गराएका छन्।
दसैँलक्षित व्यापारका लागि पटका ल्याइएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । सबै गरी एक करोड मूल्यबराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया