• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    प्रचण्ड र बाबुराम आज पनि भेट्दै

    688
    SHARES


    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच आज पनि  भेट बार्ताको तयारि रहेको छ।  गत बुधबार भेटेका प्रचण्ड बाबुराम पुनः आज पनि भेट्ने तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरु बीचको समय स्थान भने तय बहेको छैन ।

    प्रचण्ड बाबुराम एउटै पार्टीमा हुनेगरी सघन छलफल चलिरहेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । प्रचण्ड बाबुराममा सैद्धान्तिक वैचारिक विषयलाई मिलाउनुपर्ने भएकाले सघन रुपमा छलफल चलिरहेको ती नेताले बताए । बाबुराम पार्टीको नाम कम्युनिस्टै नराखेर जाने पक्षमा छन् भने प्रचण्ड नाममा कतै न कतै कम्युनिस्ट राखेर जानुपर्ने पक्षमा रहेका देखिन छन्छन् ।

    प्रचण्ड र बाबुरामबीच एक ठाउँमा हुने सैद्धान्तिक समझदारी भएमा तत्कालीन नेकपा बहुमत सचिवालय समेत एक ठाउँमा हुनेगरी छलफल चलेको छ जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा बाबुराम पक्ष, नेकपा राष्ट्रिय एकता अभियान  रहेका छन् । ती चार पार्टीले आगामी प्रदेश र संघको चुनावसम्म पार्टी एकता नभएपनि एकता संयोजन समिति बनाएर जाने विषयमा छलफल जारी राखेका छन् ।

    उनीहरुले आगामी चुनावमा पनि एउटै घोषणापत्र ल्याउने गरी छलफल जारी राखेका छन् । तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यहरूबीच अहिलेसम्म दुई पटक भेटघाट भैसकेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया