• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    पार्टीको झण्डामा गाँजाको पात राखेर ‘चिया पार्टी’दर्ता गर्न खोजे पछि…

    561
    SHARES


    काठमाडौँ। निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काएको छ । आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको हो ।

    पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको सो दलका महामन्त्री रविकिरण हमाललेबताए । उनले भने-‘केहीदिन अघि हामी पार्टी दर्ताका लागि आयोग गएका थियौँ । आयोगका पदाधिकारीसँग कुरा गर्दा पार्टीको नाम हलुका जस्तो भयो भन्नुभयो । झण्डामा गाँजाको सात वटा पात राखेका थियौँ । सो कारण देखाउँदै उहाँहरुले दर्ता गर्न नसक्ने पत्र काट्नुभयो ।’

    सडकदेखि दरबारसम्म सबैतिर चिया पाक्ने गरेको र चियाले तल्लो तप्काका मान्छेदेखि माथिल्लो तहका मान्छेहरूलाई समेट्ने भएकोले पार्टीको नाम चिया पार्टी राखिएको हमालले जानकारी दिए । चिया सामाजिकीकरण गर्ने, सबैको समान पहुँचको माध्यम भएकोले पनि चिया पार्टी गठन गरिएको उनले बताए ।

    चिया पार्टी दर्ताका लागि आएपछि आयोगका पदाधिकारी भने चकित भए। पार्टीको नाम देख्नेबित्तिकै आयोगका पदाधिकारीले हामीलाई जिस्काउन आउनुभएको त हैन भन्दै प्रश्न गरेका थिए ।
    चिया पार्टीको झण्डा संविधानको भावना विपरित भएकोले पार्टी दर्ता नगरी फिर्ता पठाइदिएको आयोगका उप न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन् ।

    उप न्यायाधिवक्ता वाग्लेभन्छन् ‘पार्टीको नाम हाम्रो चिया पार्टी भनेको रहेछ झण्डामा गाँजाको पात रहेछ त्यो त सिधै गैरकानुनी भयो । राजनीतिक दलप्रति वितृष्णा बढ्यो भन्दैमा जे मन लाग्छ त्यही पार्टी खोल्ने कुरा हुँदैन । कम्तिमा संविधानको प्रस्तावना, लोकतन्त्रका मुल्य मान्यताप्रति प्रतिबद्ध त हुनुपर्यो ।

    चिया पार्टीले लोकतन्त्र, संविधानको मूल्य मान्यतालाई पनि संवोधन गरेको पाइएन । लागू औषध ऐन २०३३ ले गाँजालाई निषेध गरेको छ । कानुनले प्रतिबन्ध लगाएको लगाएको कुरा झण्डामा राख्दा आयोगले कसरी दर्ता गर्न सक्छ र ?’

    सो पार्टीमा २१ सदस्य रहेको महामन्त्री हमालले जानकारी दिए । सबै नेताहरु ४० वर्षभन्दा कम उमेर समूहका यूवाहरु रहेको उनको भनाई छ । साथै पार्टीमा ५० प्रतिशत महिला सहभागिता रहेको, डाक्टर, इन्जिनियर, विभिन्न पेशामा आवद्ध व्यक्तिहरु पार्टीमा आवद्ध रहेको उनले बताए ।

    आब पटिकोनाम परिबर्तन गरि दर्ता कोलागि फेरी आयोगमा जाने तयारि छ  हमालले भने ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ