काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक एजेण्डामा प्रवेश नगरेरै स्थागित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो ।
एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि ढिलो सुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए । पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो ।
यसअघि गत सोमबारका लागि तय भएकोसो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । निर्वाचनपछि भएको शपथग्रहणलगत्तै बसेको पहिलो बैठकले विवादास्पद रूपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचित परेको नयाँ नेतृत्तवको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
प्रतिक्रिया