• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    ‘सिसिटिभी फुटेज कहिलेसम्म रहन्छ,के हुन्छ त्योबारे मन्त्रीलाई के थाहा’ : शर्मा

    0.9K
    SHARES


    काठमाडौँ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा अहिले बयान दिइरहेका छन्। संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले सिसिटिभी फुटेजको बारेमा आफूलाई थाहा नभएको दाबी गरे।

    उनले त्यहाँ सुरक्षाकर्मी र अरू मर्यादापालकहरू पनि हुने हुँदा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नभएको बताएका छन्। त्यस्तै बाहिरको मान्छे पसेको सजिलै थाहा हुने उनको भनाइ छ।

    उनले सिसिटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने मन्त्रीलाई जानकारी नहुने पनि बताएका छन। उनले भने, ‘सिसिटिभी फुटेज कहिलेसम्म रहन्छ,के हुन्छ त्योबारे मन्त्रीलाई जानकारी हुँदैन।’

    शर्मामाथि बजेट निर्माणमा बाहिरी व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको छ। बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप शर्मामाथि छ। आरोप लागेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया