• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    आजको मौसम- न्यून चापीय रेखा उत्तरतिर, चट्याङसहित वर्षा

    683
    SHARES


    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    बिहीबार सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    ‘सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया