• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Uncategorized

    पानी परेपछि तराई-मधेसमा केही राहत : रोपाइँ हुँदै

    744
    SHARES


    काठमाण्डाै। पानी परेपछि तराई/मधेसमा केही राहत भएको छ । मनसुन ब्रेक भएको हप्ता दशदिनपछि हिजोदेखि पानी पर्न थालेको छ ।

    पानी परेपछि तापक्रम केही घटेको छ भने किसानले धान रोपाइँको काम थालेका छन् । पानी नपर्दा हुनसकेको रोपाइँ फेरि सुरु भएका छन्। त्यस्तै यसअघि रोपेको धान रोपोमै पहेँलिँदै जाँदा किसान चिन्तामा परेका थिए । अब केही दिन पानीले साथ दिए रोपाइँको काम सकिने महोत्तरी बर्दिबास-९ पशुपतिनगरका किसान रामविनोद महताेले बताएका छन्।

    देशभर अहिलेसम्म ६५ प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म झन्डै ७६ प्रतिशत रोपाइँ भएको थियो । विशेषगरी यसपालि प्रदेश-१, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुन नसक्दा रोपाइँ प्रभावित भएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया