• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अर्थमन्त्रीमाथि छानबिनका लागि थप ७ दिन समय थप्ने संसदीय समितिको तयारी

    1.3K
    SHARES


    काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले बिहीबार शर्मासँग छलफल गर्ने भएको छ ।

    सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अर्थ मन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल गरेको थियो भने बिहीबार शर्मासँग छलफल गर्ने निर्णय भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

    त्यस्तै बिहीबार समिति गठन गरिएको १० दिन पुरा हुने भएकाले केही दिन म्याद थप गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

    समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह तयारी गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया