• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    सेपाकताक्रो टोली भोलि थाइल्यान्ड जाने

    1.1K
    SHARES


    काठमाडौं । थाइल्यान्डको बैंककमा हुने ३५ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।

    बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती रहेका छन् । बाँकी एक पुरुष खेलाडी क्षितिजकुमार धामीले प्रशिक्षकको पनि भूमिका निर्वाह गर्ने छन् ।

    महिलामा सुमित्रा डंगोल, उषा महर्जन, सोममाया थापा मगर, चन्द्रा चौधरी र इनु चौधरी छन् ।

    टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा लोकमणि आत्रेय, अर्को प्रशिक्षकमा सीता सुवेदी, निर्णायकमा मेघराज तोलङ्की, अफिसियलमा ध्रुवबहादुर गुरुङ र आईटीओ÷अफिसियलमा नेसिर मास्के छन्।

    प्रतियोगिता साउन ८ देखि १५ गते (जुलाई २४–३१) सम्म हुने भयको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया