• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Highlights विशेष समाचार

    एसईई नतिजा साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने

    775
    SHARES


    काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो ।

    प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ । ‘कुनै गल्ती नदोहोरियोस् भनेर हामी नतिजा प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्तामा नतिजा प्रकाशित गर्छौ’ बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीको भनाइ छ ।

    गत वैशाख ९ गतेदेखि बाट सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया