• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मधेशका नदी र चुरे दोहनले नागरिक अधिकार हनन : पोखरेल

    394
    SHARES


    काठमाडौँ। पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरुपमा नदीजन्य वस्तुको दोहन गरेर मुठ्ठीभरका मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताएका छन् ।

    महोत्तरीका संघीय संसद समेत रहेका पोखरेलले संसदमा विशेष समय लिएर बोल्दै चुरे दोहनले तराई मधेशको जीवन संकट बन्दै गएको प्रति चिन्ता व्यक्त पनि गरे ।
    चुरेको प्रमुख उत्पादन सफा पानी समेत हराउँदै गएको उनकाे भनाइ छ ।

    संसदमा ध्यानाकर्षण गराउँदै नेता पोखरेलले भने, ‘नदीनाला उतखनन र दोहनलाई हरहालतमा रोक्नुपर्छ । चुरे हिमालको सुरक्षा कवच हो । यो रहेन भने हिमालमा हिउँ रहँदैन । मधेशमा पिउने पानी पाइदैन । ठूला हिमताल फुट्न सक्छन् ।´

    चुरे संरक्षणको सवालमा हिमाली र पहाडी भेगका बासिन्दा बोल्नुपर्ने अवस्था आएको बताउँदै नेता पोखरेलले तराई भेगका जनताले चुरे दोहनलाई साझा रुपमा उठाउनुपर्नेमा ध्यानाकर्षण गराए ।

    नेता पोखरेलले क्रसर माफियाको दादागिरीलाई समेत संसदमा ध्यानाकर्षण गराएका छन् । २५ पुस ०७६ मा धनुषाका पर्यावरण अभियन्ता दिलिप महतोलाई गरेको निर्मम हत्याले चुरे दोहनमा संलग्‍न गिरोहको भित्री रुप उजागर भएको बताए । क्रसरवालाहरूको अवैध क्रियाकलाप समेत रोक्नुपर्ने नेता पोखरेलले जोड दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ