• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    डलरको तुलनामा पाकिस्तानको रुपैयाँ

    1.5K
    SHARES


    काठमाडौँ। पाकिस्तानको रुपैयाँ डलरको तुलनामा अहिलेसम्मकै तल्लो स्तरमा पुगेको छ । मंगलबार एक डलर बराबर पाकिस्तानको रुपैयाँ २ सय २२ रुपैयाँ पुगेकोमा बुधबार त्यो अझै खस्केर २ सय २६ को स्थितिमा पुगेको हो ।

    स्टेट बैंक अफ पाकिस्तानका अनुसार पाकिस्तानी रुपैयाँको उतारचढाव बजारले तय गर्दछ । विनिमय दर अन्तरगत चालू खाता स्थिति, समाचार र घरेलु अनिश्चितता एक साथ मिलेर मुद्राको उतारचढाव तय गर्दछ ।पाकिस्तानमा मात्र नभएर विश्वभर नै डलरको मूल्य बढ्दो रहेको छ ।

    पछिल्लो छ महिनामा अमेरिकी डलर १२ प्रतिशतले बढेर आफ्नो २० वर्षको उच्च स्तरमा पुगेको छ । अमेरिकाले बढ्दो मूल्यवृद्धिलाई ध्यानमा राख्दै फेडरल रिजर्भ सिस्टमले आफ्नो ब्याजदरमा व्यापक परिवर्तन गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया