• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कुन देशको पासपोर्ट कति बलियो

    615
    SHARES


    काठमाण्डाै। नेपालको पासपोर्ट (राहदानी) विश्वकै कमजोर रहेको एक अध्ययनले देखाएकाे छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको हो ।

    अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १ सय ६ औँ स्थानमा राखेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१ सय ५ औँ) स्थानमा छ । गएको वर्ष नेपाल १ सय ९ औँ स्थानमा रहेको थियो ।

    विश्वका कति देशले भिसाविना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिङ्गापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् ।

    जापानी नागरिकहरूले पहिले नै भिसा नलगाइ संसारका एक सय ९३ देशको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ देशको मात्र भ्रमण गर्न मिल्छ ।

    दोस्रो शक्तिशाली सिङ्गापुर र दक्षिण कोरियाको राहदानीले एक सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले एक सय ९० देश घुम्न सकिन्छ ।

    दक्षिण एसियाली देशहरूमध्ये भारत ८७, भुटान ९३, बङ्गलादेश १ सय ४ र पाकिस्तान १ सय ९ औँ स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १२ औँ स्थानमा) छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ