• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अधिकारी थर भएकाहरुले नै एम अधिकारीको खोजी गर्नुपर्छ: गजेन्द्रबहादुर महत

    0.9K
    SHARES


    काठमाडौँ। सांसद गजेन्द्रबहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना केन्द्रीय विभागको सदस्य एम अधिकारीको खोजी गर्न सम्पूर्ण अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

    बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरुले नै उनको खोजी गर्नुपर्ने बताएका हुन् ।

    ‘हाम्रो गाउँघरतिर कुखुराको चल्ला हराए पनि खोजी हुन्छ, यहाँ सबैभन्दा ठूलो पार्टीको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी अहिले न सरकार गर्छ, न प्रतिपक्षी गर्छ । मैले अनौठो मानिरहेको छु,’ उनले भने ।

    सरकार एम अधिकारीको खोजी गर्ने जिम्मा विद्यार्थीलाई दिएको उनले जनाए । प्रतिपक्षी दल एमाले भने आफ्नो महत्वपूर्ण सदस्य खोज्‍नुको साटो सिसी क्यामरा खोज्दै हिँडेको आरोप उनले लगाए ।

    ‘यहाँ कस्तो विडम्बना छ भने सिसी क्यामरा खोज्‍ने समिति बनेको छ, तर महत्वपूर्ण मान्छे खोज्‍न समिति बनेको छैन । अब यो कसले खोजिदिने ?,’ उनले प्रश्न गरे ।

    सरकार र प्रतिपक्षी दलले बेवास्ता गरेका कारण अब एम अधिकारीको खोजीमा अधिकारी थर भएको सबै लाग्‍नु पर्ने उनले बताए ।

    ‘हाम्रो गाउँघरमा महत थरको मान्छे हरायो भने त्यो अरुको जिम्मा हुँदैन, महत थरकै मान्छेहरु खोज्छन् । हरायो भने अपुताली खाने जिम्मा पनि महतहरुकै हुन्छ, खोज्‍ने काम पनि उनीहरुकै हुन्छ ।

    यहाँ एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरुले खोज्न पर्यो । अरु कसलाई भनुँ म, अब यो खोज्‍ने जिम्मा अधिकारी थर भएकालाई दिनुपर्यो,’ उनले भने ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ