• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रनिल विक्रमासिङ्घे श्रीलङ्काका नयाँ राष्ट्रपति

    0.9K
    SHARES


    काठमाडौँ। श्रीलङ्काकाे राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिएका छन् । मङ्गलवार भएकाे चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशकाे नयाँ राष्ट्रपति चुनिएका हुन् । उनका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गारे। दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित रहेका थिए ।

    राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बाेधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि अपिल गरेका छन् । भाेलि बिहीवार सबै पार्टीसँग बसेर छलफल गर्ने पनि उनले बताए का छन् ।

    तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएकाे थियाे ।

    रनिल विक्रमासिङ्घेकाे कार्यकाल सन् २०२४ नाेभेम्बरसम्म हुनेछ । उनुले  गाेटाबाया राजापाक्षेकाे बाँकी रहेकाे कार्यकाल पूरा गर्ने भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ