• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    वागमतीका १४ सय कार्यकर्तालाई प्रशिक्षण दिँदै एमाले

    655
    SHARES


    काठमाडौँ। आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ ।

    काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले जानकारी दिए । प्रदेशका अध्यक्ष, उपाध्यक्ष,जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता काशीनाथ अधिकारीले प्रशिक्षण दिनेछन् ।

    त्यसक्रममा अध्यक्ष ओलीले समग्र राष्ट्रिय राजनीति र पार्टीले खेल्नुपर्ने भुमिका, वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा पार्टीले गर्नुपर्ने काम र पौडेलले मुलुकको आर्थिक अवस्था र वर्तमान राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षण दिनेछन् । त्यस्तै नेता अधिकारीले शुद्धीकरणका विषयमा प्रशिक्षण दिनेछन् । यसअघि एमालेले मधेसको जनकपुर र एक नम्बर प्रदेशको विराटनगरमा प्रशिक्षण गरिसकेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ