• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    हाम्राे छलफल कांग्रेससँगकाे गठबन्धनविरुद्ध हाेइन : प्रचण्ड

    1.2K
    SHARES


    काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताएका छन् ।

    भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । उनले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै त्याे एकता सत्तारूढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पापरेका छन्।

    उनले भने, ‘आजको बैठकमा सबै पार्टीहरूले गरेका निर्णयकाे बारेमा चर्चा भयाे । कांग्रेसकाे केन्द्रीय समिति बैठकले गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने निर्णय गरेकाे छ । एमालेकाे निर्णय पनि आइराखेकाे छ । त्यसबारेमा पनि चर्चा गर्‍याैँ । यो गठबन्धनलाई चाहिँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन ।’

    अध्यक्ष प्रचण्डले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताएका छन् । उनले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गरेका छन्।

    आज मङ्गलवार सिंहदरबारमा रहेकाे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया