• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    विराटनगरबाट १ वर्षकी बालिकाको अपहरण ! अवस्था अझैपत्ता लागेन

    876
    SHARES


    काठमाडौँ। विराटनगरबाट सोमबार बिहान ८ बजेदेखि अपहरणमा परेकी एक वर्षीया बालिकाको अवस्था अझै पत्ता लागेको छैन । विराटनगर–१३ रोड शेषकी ममता यादवकी छोरी निकिसा यादव सोमबार बिहान ८ बजे अपहरणमा परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले बालिकाको उद्धारको नजिकपुगेको जानकारी दिए । ‘हामी बालिकाको अपहरणको गम्भीर अनुसन्धानमा छौं,’ उनले भने, ‘प्रहरीको अनुसन्धान टोली अपहरणकारीको नजिक पुगेको छ ।’

    बालिकाको बुबा दीपेन्द्र यादवले निकिसालाई रोड शेषनजिकै रहेको चियापसल पुर्याएका थिए । दीपेन्द्रको चिनजानमा रहेकी एक महिलाले निकिसालाई लिएर फरार भएको प्रहरीको भनाइ छ । के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुल्ननसकेको प्रहरीले जनाएको छ । बच्चा लिएर बेपत्ता भएकी युवती मोरङ, सुनसरीकै क्षेत्रमा रहेको प्रहरीको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ