• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भित्री सहरलाई उपयोगी तीन दमकल आए, थप किन्न १२ करोड बजेट

    1.3K
    SHARES


    काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री सहरका लागि उयपयोगी ३ वटा दमकल ल्याएको छ । काठमाडौं महानगरको विपद व्यवस्थापन विभागले १० फुटको भित्री बाटोमा पनि जानसक्ने खालको दमकलहरु ल्याएको हो ।

    एक वर्षअघि नै टेन्डर गरेर इन्डोनेसियाबाट ल्याउने गरी खरिद सम्झौता भएको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले करिब २ करोड लागतमा यी दमकलहरु किन्ने निर्णय गरेका थिए । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान शाक्यका अनुसार ३ हजार लिटर क्षमताका यी दमकलले ६० मिटरसम्म पानीको फोहोर फाल्न सक्छ ।

    ‘अहिले हामीले ३० मिटर परसम्म मात्रै फोहोरा हान्ने दमकल प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘यो अहिले प्रयोगमा रहेकोभन्दा सानो आकारको हो ।’ यी ३ वटा दकमल न्युरोड, बालाजु र रामहिटीको दमकल स्टेसनमा राखिने भएको छ । महानगरले यो वर्ष थप १२ करोड रुपैयाँ दमकल किन्न छुट्याएको छ ।

    अहिले महानगरसँग रहेका धेरै दमकल प्रयोग गर्न नसकिने अवस्थामा रहेकाले थप दमकल ल्याउन लागिएको शाक्यले बताए । उनका अनुसार महानगरले भित्री शहरमा लागि उपयोगी हुने अग्नि नियन्त्रक पम्पहरु पनि किन्ने छ । त्यस्ता पम्पलले स्थानीय क्षेत्रमा उपलब्ध ट्यांकी र पोखरीबाट पानी तानेर आगो निभाउन सकिने छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया