• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गरिने

    791
    SHARES


    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् ।

    नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए ।

    पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालीम कार्यक्रमहरु विस्तार गर्नुपर्नेमा जोड दिए । सबै प्रदेशमा प्रतिष्ठानका शाखा विस्तार गरी सञ्चालनमा ल्याउने र यसबाट पर्यटनको विकास तथा विस्तारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

    पर्यटन उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न, उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम र अनुसन्धानका कार्यक्रम अघि बढाउन सवै प्रदेशमा प्रतिष्ठानका शाखा कार्यालय विस्तार गर्नुपर्ने उनले बताए ।

    गत आर्थिक वर्षमा झापा, महोत्तरी, बाँकेमा प्रतिष्ठानका शाखा कार्यालयहरु स्थापना भएका छन् । सो अवसरमा मन्त्री श्रेष्ठले प्रतिष्ठानको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर र सञ्चालन भइरहेका तालिमका सम्वन्धमा जानकारी लिएका थिए । प्रतिष्ठानबाट उत्पादित जनशक्ति मध्ये ९० प्रतिशत बढी रोजगारीमा आवद्ध भएका छन् ।

    प्रतिष्ठानले हालसम्म ५७ हजार ५ सय ७२ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ भने गत आर्थिक वर्षमा मात्र करिव १५ सय जना शैक्षिक कार्यक्रममा सामेल भएका छन् । प्रतिष्ठानले पर्यटन उद्योगका लागि चाहिने जनशक्ति तयार गर्न उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम कार्यक्रम तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ