• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    ‘नेपहपको श्रीपेच’ का विजेतालाई बालेनले लगाइदिए नयाँ मुकुट

    764
    SHARES


    काठमाडौँ। र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट (भाइबर साइमन)लाई नयाँ श्रीपेच (मुकुट) प्रदान गरिएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै नयाँ मुकुट प्रदान गरेको हो ।

    शोका जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विजेता विष्टलाई नयाँ मुकुट प्रदान गरेका थिए । यसअघि प्रदान गरिएको मुकुटको विषयमा बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि मुकुट फिर्ता गरिएको थियो ।

    अहिले बनाइएको मुकुट पञ्चधातुबाट बनाइएको छ । अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ