• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    इन्जिनियरलाई दक्ष बनाउन सरकार तयार छ : प्रधानमन्त्री देउवा

    615
    SHARES


    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

    ६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इन्जिनयरिङ पेशालाई थप व्यवसायिक र राष्ट्रिय आवश्यकता पूर्ति गर्ने गरी विकास गर्नुपर्ने धारणा राखे ।

    ‘सुविधा सम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरुको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ’, प्रधानमन्त्री देउवाले भने, ‘इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुले काम गर्ने क्रममा आएका सबै समस्या समाधान गर्न सरकार तयार छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया