• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जग्गा कब्जा गरेर बनाइएका छाप्रा हटाउदै पोखरा महानगर

    792
    SHARES


    काठमाडौँ। पोखरा महानगरपालिकाले वडा नम्बर ३३ मा जग्गा कब्जा गरी अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगर मातहत रहेको पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा संरक्षण अभियान अन्तरगत छाप्रा हटाइएको हो ।

    महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अवैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए ।

    शर्माका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको हो ।
    पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप ती छाप्रा भत्काइएको उनले बताएका छन् । अन्यत्र पनि यस्ता अनधिकृत रुपमा निर्माण गरिएका संरचना क्रमश: भत्काउँदै लागिने उनले बताए ।

    सार्वजनिक जमिन कब्जा गरि विभिन्न स्थानमा आफूखुशी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् ।
    सर्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरूले आफैँ यस्ता संरचना हटाउन आग्रह गर्दै उनले नभए कानुन बमोजिम क्षतिपूर्ति तिराएर महानगर आँफैले यस्ता संरचना हटाउने बताए ।

    पोखरामा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै पछिल्लो पटक महानगरपालिकाको तीब्र आलोचना भएको छ । निवर्तमान मेयर मानबहादुर जिसीले आफन्त र विभिन्न कम्पनीलाई अनाधिकृत रुपमा जग्गा भाडामा लगाएको भन्दै केही दिन पहिले तीब्र बिरोध भएको थियो । बिरोध पछि नगर विकास समितिले भाडामा लगाइएका भनिएका पर्यटक बसपार्क, गल्फ कोर्स र पृथ्वीचोकको जग्गाको सम्झौता रद्ध गरिसकेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया