• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मनोनयन हुँदैछ

    1K
    SHARES


    काठमाडौँ। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि नयाँ राष्ट्रपतिका लागि आज संसदमा मनोनयन हुँदैछ ।

    गत हप्ता आर्थिक संकट विरुद्धको भीषण प्रदर्शनपछि गोटाबाया देश छोडेर भागेका थिए । बुधबार, सांसदहरूले नयाँ नेताको लागि मतदान गर्नेछन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सत्तारुढ श्रीलंका पिपुल्स फ्रन्टको समर्थन रहेकोले यो दौडमा अग्रपंक्तिमा रहेको विश्वास गरिएको छ ।

    ट्रेड युनियनले रनिल विक्रमासिंघे राजपाक्षे परिवारसँग घनिष्ट सम्बन्ध भएकाले उनको मनोनयनको विरोध गर्ने बताएको छ । श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपतिको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन् । केही दिन अघि उनले आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्ने बताएका थिए ।

    एसजेबी पार्टीका नेताले अब ट्विटमा लेखेका छन्, ‘देशको हितका लागि म राष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिन्छु । हाम्रो गठबन्धन र हाम्रा सहयोगीहरूले सांसद दलस अलापेरुमालाई विजयी गराउन कडा मेहनत गर्नेछन् ।’ श्रीलंकालाई आफ्नो गम्भीर आर्थिक संकटको सामना गर्न र आईएमएफसँग ऋण वार्ता गर्न राजनीतिक स्थिरता चाहिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया