• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ : ईश्वर पोखरेल

    834
    SHARES


    काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताए ।

    प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।”

    आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए । उनले भने, “निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।”

    वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया