• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पुटिन इरान भ्रमणमा, रइसी र अर्दोआनसँग भेटघाट गर्ने तयारि

    1K
    SHARES


    काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन एक शिखर सम्मेलनका लागि आज तेहरान जाँदैछन् ।

    यसलाई एक निकै महत्वपूर्ण भ्रमण मानिँदैछ । तेहरानमा उनी आफ्ना इरानी समकक्षी इब्राहिम रइसी र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग सिरिया शान्ति शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

    युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, जसले रुस र इरानबीच बढ्दो कूटनीतिक न्यानोपनलाई झल्काउँछ ।

    इरान र रुस दुवैले पश्चिमी प्रतिबन्धको सामना गरिरहेका छन् ।

    बेलायतमा रहेका इरानी पत्रकार मेहदी अली याजदानीका अनुसार पुटिनको भ्रमणको एउटा महत्वपूर्ण एजेण्डा इरानबाट सशस्त्र ड्रोन खरिद गर्नु पनि हो ।

    सायद यसै कारणले सोमबार अमेरिकाले तेहरानले रुसलाई सयौं ड्रोन पठाउने तयारी गरिरहेको दाबी गरेको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया